सहन सक्ने शक्ती हुन्छ र देबी को नाम शक्ती नै छ
श्रीमान ले कुट्दा सहन्छिन सासु ससुरा को बचन सहन्छिन
आफु जस्तै नारी नन्द आमाजु को हेपाइ सहन्छिन
अनी आफै मुस्कुराउदै सारा दुनिया को नजर मा धुलो हाल्छिन
नारी हो र त सहन्छिन उसलाई उसको भन्दा उसको सन्तान को चिन्ता छ
उसलाई आफ्नो भन्दा आफ्नो आमा बुवा को इज्जत को चिन्ता छ
सारा पिडा सहेर मुस्कुराउदै हिड्छिन उनि नारी हुन र त सहन्छिन
कही आवाज ठुलो बनाउदा अर्की नारी द्वारा चुप बसाइन्छिन
कही कतै झुक्किएर बोल्दा अर्की नारी को नजर मा गिर्छिन
उनी नारी हो सायद त्यसैले सहन्छिन
आफ्नो खुशी भन्दा अगाडी परिवार र सन्तान को खुशी हेर्छिन
हेर्दा हेर्दै पनि कोइ खुशी हुन्न र पनि उसले हासी हासी सहन्छिन
उनी नारी हो त्यही भएर सहन्छिन
एक दिन अनयास आवाज हरु गुन्जन थाल्छ
असहैय भएका रोदन हरु निस्कन थाल्छ
यही समाज मा बस्ने ठुलाबडा लाज नमानी हेर्न थाल्छ
अन्तिम मा दोश तिमीलाई नै लाग्छ अनि रोइ रोइ पनि हासिदिन्छिन
तिमी नारी हौ त्यही भएर सबै सहिदिन्छिन
तिम्रो आवाज त्यही भिड मा दबिन्छ सायद अनि जित्ने को अट्टहास ले समाज गुन्जायमान हुन्छ
फेरी पनि तिमी शिर झुकाउछौ किनकी तिमीलाई सन्तान को माया ले रोक्छ
अनी फेरी मुस्कान को पर्दा ले आफ्नो मुहार छोप्छौ
किनकी तिमी नारी हौ तिमी त धर्ती पनि हौ
अनी तिमी ममतामयी छेउ र त तिमी सहन्छौ
गलत तिमी हुँदैनौ र पनि तिमी सँग तिम्रो लागी शब्द कम हुन्छ
तिमी अब छोरी हैन तिमी श्रीमती बुहारी भाउजु हौ
तिमी ले केहि बोल्नु अगाडी लाख सोच्न पर्छ
यहाँ तिम्रो खुशी हैन तिमीले अरु को हेर्न पर्छ
हो तिमी नारी हौ त्यही भएर सबै सहन पर्छ
तर यती चुप बस्नु अगि एक पटक आफै सोच तिम्रो छाया तिम्रो छोरी
सक्छौ यही उसलाई सिकाउन ? सोच्न सक्छेउ उसले पनि यही सहेको हेर्न फेरी
आवाज हरु दर्हो बनाउ आफु लाई सक्षम बनाउ
सहन को सिमा हरु तिमी आफै ले नै तोक्नु
आफै आफ्नो शक्ती बन्नु आफै आफ्नो तागत बन्नु
समाज अनि सन्सार लाई आफ्नो क्षमता आफै ले देखाउनु
दिउसो को कोलाहल मा गुन्जिएर हराउने आवाज हरु राती को सन्नाटा मा चित्कार बनाउन बन्द गर्देउ
किनकी यहाँ इज्जतदार धनीहरु कानमा तेल अनि आखा मा पट्टी बाधेर अन्धो र बहिरो को नाटक गर्छन्
यही एउटा कारण ले अमुल्य जिबन को कथा अन्त्य नगर्नु अब सम्मान दिदै सम्मान लिन सिक
Yes ! So true n m touched !
for me, the best portion is
“सक्छौ यही उसलाई सिकाउन ? सोच्न सक्छेउ उसले पनि यही सहेको हेर्न फेरी “
Jaya Nari
Very touchy line Maam!! ???
And proud of you!!????????????????????????
Nice mam