तिम्रो दुख मा सबै दुखी थिए तर कस्तो अचम्म खुशी मा खुशी हुन सकेनन्
तिमी रुदा भिजेको त्यो परेली हरु खुशी को आसुमा किन रमाउन सकेनन
अनौठो यो रीत यहाँ दुख पिडा हुँदा दिएको माया आज खुशी हुँदा अचानक घटेछ
बिस्तारी खाटा बसेको त्यो घाउ लाई मलम लाउने भन्दा बढी कोतार्दिने हात अघी बढेछन
जिन्दगी को लामो यात्रा बिताउन साथी रोजेउ मन को भित्र कुना मा अनि आफ्नो पिडा आफै बोकेउ
दुनिया को कुरा लाई अब वास्ता नगर्नु तिमी ,भोग्नु सबै भोगी सकेउ अब खुशी हुनु तिमी
लाल्छना त दिन्छन नै यहाँ नसुने झै गरिदिनु भगवान राम लाई नछोड्ने ले मलाई किन सोचिदिनु
धेरै धेरै शुभ कामना प्रिय स्वेता तिमी लाई
Recent Comments