आजकल मलाई भूत देखी डर लाग्छ
होइन मरेर बनेको भूत होइन जिउदो भूत देखी डर लाग्छ
छोरी हो म तर छोरी बेकार भएछु भन्ने सोच देखी डर लाग्छ
निर्मला जस्तो मायालु नानी अनि ११ बर्ष कि अस्ती को नानी लाई लुछ्ने त्यो  जिउदो भूत देखी डर लाग्छ
फेरी पनि ११ महिना को कलीलो छोरी बलात्कृत भएकी छिन रे
हो त्यही तेस्तै जिउदो भूत देखी डर लाग्छ
दही लिन गएकी पबित्रा होस या मुस्काइ राख्ने मुस्कान होस
छोरी लाई एसिड हान्ने त्यो भूत देखी डर लाग्छ
समय जती अगाडी किन नबडोस , सन्सार जतिसुकै माथी किन नजाओस
घृणित सोच हरु ले लुछ्ने त्यो प्रबृती हो त्यो प्रबृती देखी डर लाग्छ
आजकल त खै किन हो आफ्नै घर मा डर लाग्छ आफ्नै वरिपरी डर लाग्छ
कही कुनै भूत ले बाटो ढुकी पो रहेको पो छ कि
अनी फेरी कही कतै निर्मला या मुस्कान पो बनाइएकी छिन कि
ओ हो अब त खै किन हो छोरी लाई गर्भ धारण गर्न पनि डर लाग्छ

होइन मरेर बनेको भूत होइन जिउदो भूत देखी डर लाग्छ 

0Shares
0Shares