आएको थियो सन्सार लाई तहस नहस पार्ने गरि
किन आएउ मेरो सामु बिनाशकारी सत्य सरि
हास्ने खेल्ने उमेर मा दाइत्व पनि बोकेकै थिए
त्रुटी कहाँ भएछ कुन्नी सहन पनि सहेकै थिए
सानो छ बाबु आच आउने कुरा धेरै नै बड्न थालेको छ
अब त लाग्छ जिन्दगी मा मेरो साचै नै बिख हालेको छ
चित्त बुझाइ बुझाइ बस्दा आत्मा सम्मान हराए छ
जिन्दगी को सत्य सँग यो मन मेरो डराएछ
गाली पाए गलौज पाए धोका पनि पाए मैले
सबै लाई कोसिश गर्दै खुशी पनि बनाए मैले
खुशी पार्दा पार्दै आज आफ्नो नाम गुमाएछु
गुमाए त केहि थिएन फेरी पनि धोकै पाएछु
अब मेरो काम मेरो कर्तब्य नै पुरा गर्छु
फरक एत्ती मात्र हो क पहिला सबैलाई गर्थे अब बाबु लाई गर्छु
अगाध चोखो माया मेरो छोरो तिमीलाई दिन्छु
सबै खुशी नसके पनि राम्रो ज्ञान दिन्छु
गाली गलौज धोका कहिले पनि सिकौदिन तिमीलाई
मर्नै परे पनि बाबु मै मरेर जोगाउछु तिमीलाई
May 22 2015
Recent Comments