जे हुन्छ राम्रो को लागी हुन्छ भन्छन 

तर सधै राम्रो आफ्नो लागी होस जरुरी छैन यहाँ

कोरोना क्रहर ले मानिस लाई नराम्रो गर्‍यो तर 

आज जब कौसी मा गए बाटो को हरेक बोट बिरुवा ले सास फेरेको भेटे

हामी गुम्सिएर बसेको समय मौसम आफु सफा भई हासी राखेको देखे 

फुल हरु एक अर्का मा रमाउदै भन्दै थिए ओइ यो पटक त हावा निक्कै राम्रो छ नि 

अर्को तर्फ बारी को आप सुन्तला भन्दै थिए अर्को लोक मा आएउ कि के हो हामी सास फेर्न निक्कै सजिलो हुँदैछ 

अनी अनि पारी डाडा को हिमाल मुकुराउदै थियो भन्दै थियो सन्सार यती राम्रो रहेछ यतिका बर्ष कहाँ लुकेको थियो 

हाम्रो लागी नराम्रो समय कसै को लागी निक्कै राम्रो हुँदैछ

 अझ केहि समय यही समय रहन्छ सायद जती बाकी छ उनिहरु लाई हेर्दै खुशी बनौ 

जय कोरोना  

01/04/2020 

0Shares
0Shares