जल्न त उसलाई डर लागयो होला धेरै नै
तर जुन पिडा ले उसको मन जल्यो सायद
त्यो जलाई भन्दा आगो सहज उसलाई भएछ
कोरोना र लकडाउन ले उसको जागिर पनि गएछ
परिवार को जिम्मेवारी उसलाई भयो होला सार्हो
लाउन लाई जे भएनी खान लाई नै भो होला गार्हो
आज खुल्ला भोली खाउला भन्दा भन्दै महिना गयो
धाइ धाइ काम खोज्यो जम्मा भएको पनि सकियो
हार खायो अब उसले अनि केहि नसोची आफै जल्यो
हेर हेर निरिह सरकार केहि नगरि हेरी रहयो

0Shares
0Shares