कहिले काही त हे आमा मलाई बुहारी हैन छोरो को जिबन साथी हो सम्झिदिनुस
अनी बैनी मलाई भाउजु भन्दा पनि दाइ को प्रिय मान्छे सम्झिदिनुस
अनी दिदी मलाई भाइ बुहारी हैन भाइ को जिन्दगी नै हो सोची दिनुस
बस यती हो बस यती सोचाइ ले सम्बन्ध लाई कहाँ पुर्याउछ होला
यती सोचेर गरिने ब्यबहार ले कती आत्मियता झल्किन्छन होला
म बुहारी भए जस्तै आफु हुँदा पनि सोचिदिए कती माया हुन्थ्यो होला
आमा हजुर को छोरो मेरो जिबन साथी, अन्तिम सास सम्म साथ दिने म नै त हो नि
अनी बैनी हजुर को दाजु मेरो प्रिय मान्छे हरेक दुख मा साथ खडा हुने म नै त हो नि
दिदी हजुर को भाइ मेरो जिन्दगी आफु मरेर पनि उसलाई बचाउने म नै त हो नि
पराइ घर बस्ने तपाइ पनि यता आमा बुवा घर सम्हाल्ने म नै त हो नि
फेरी किन त यस्तो ब्यबहार फेरी किन त यस्तो अत्याचार
जब कोइ हुँदैन उसलाई साहस दिने पनि म नै त हो नि
म बुहारी अनी भाउजु ?
Recent Comments