गाली गर्दा सुनिरहन्छौ कराउदा सहिरहन्छौ
घर नगएर पनि तिमी हाम्रो सेवा गरिरहन्छौ
कती मन लाग्छ होला परिवार सँग घर बस्न अनि
रमाइ रमाइ परिकार खादै सुरक्षित भित्र बस्न पनि
गर्मी उस्तै प्रचण्ड छ कपडा उस्तै लाउन पर्ने
मास्क र भाइजर नलाउदा सर्ला भनि डराउन पर्ने
तै पनि तिमी हाम्रो लागी सबै पिडा सहेकै छौ
हामी लाई बचाउन सधै अगि बडेकै छौ
धन्यबाद छ मन देखी नै सबै अग्रपन्थी योद्दाहरुलाई
डाक्टर नर्स आर्मी पुलिस अनि सहयोगी हातहरुलाई 

0Shares
0Shares