सम्झन मन लाग्दैन यो दिन तर भुलेको कुनै दिन नै भएन
तिमी म भित्र थिएउ तर तिमी म सँग भएनउ
सायद मेरो काख मा तिमी हुन्थेउ होला तिमी रुदा म सायद खुशी हुन्थे होला
न तिमी छौ मेरो काख मा न खुशी छ साथ मा रित्तो त छैन म र पनि तिम्रो कमी छ
श्वास लिन भुल्छ कसले र एउटा आमा ले सन्तान भुलोस
चाहे साथ होउ या छोडेर जाउ माया त माया नै रहेछ
कसको भाग थियो आएउ केहि समय हाम्रो खुशी बनी
धेरै सपना देखाएउ अनि गएउ बिसो नहुने पिडा बनी
दैब पनि कती धेरै निश्ठुरी हुने रहेछ थोरै समय लाई भाग दिइ पिडा जिबन भर को दिएछ
तिम्रो याद ले हरेक पल सताउछ मलाई अनि हताश बनाउछ सधै
तिमी भएको भए सायद यो पल यो दिन यो क्षण अनि यो समय
भुल्न कहाँ सकेको छु र तिमी लाई मैले मेरो हरेक सम्झना मा तिमी छौ
मेरो आसु को थोपा सङै तिम्रो याद हरु झन मलिलो हुन्छ
मन रुन्छ परेली भिझ्छ अनि सोध्छु छोडेर किन गएउ मलाई भनी
दिन बित्यो हप्ता बित्यो अनि महिना बन्दै बर्ष भएछ
र पनि तिम्रो याद अनि खालिपन ले मन कहिले शान्त भएन
जिन्दगी को कथा मा तिम्रो पाना अधुरो रह्यो
त्यही अधुरो पाना सम्झी पुरा जिबन साघुरो भयो
तिम्रो याद अपुर्ण छ सम्झना मा आइ रहन्छ
खै कसरी बिताउने यो जिबन झझल्को ले झस्काइ रहन्छ
झझल्को न आउने ठाउ खोज्दै थिए कती बेला थकाइ लागेछ थाहै भएन
सम्झना न आउने पल सोच्दै थिए त्यही पल मा आसु झरेछ थाहै भएन
भुल्ने कोशीश जारी नै थियो सपनी मा आइ फेरी रुवाइ दिएउ
भुल्न कहाँ सक्छु तिमीलाई हरेक बोली मा तिमी झल्किन्छौ
अब सम्झिन्न भन्दा भन्दै सबै चिज हरु मा तिमी आइदिन्छौ
देखु या नदेखु तिमीलाई मैले रगत को नाता थियो याद आउछौ जहिले
तिम्रो याद न आइ गएको समय कुनै भएन मेरो तिम्रो माया मा झरेको आसु अनि पिडा माप नै भएन
जिबन भरी को सम्झना अनि माया तिम्रो छै नौ र पनि याद मा छौ तिमी
जब साझ पर्छ अनयास तिम्रो याद ले सताउछ मलाई
मेरो भाग मा थिएनौ तिमी जती समय थिएउ खुशी दिएउ
तिम्रो याद ले झर्ने आशु तिम्रो याद ले तड्पने मन
बाचुन्जेल को पिडा भयो न कहिले पाउछु हेर्न तिमी लाई
दिन बिते महिना बित्यो बर्ष पनि जान्छ यसै तिम्रो याद,
तिम्रो माया अनि तिम्रो कमी रही रहन्छ जिबन भरी सधै भरी
सम्झाउ कती यो मन लाई बुझाउने बाटो नदेखिए पनि
याद हरु ताजा नै छ चाहे दिन बितोस रात जाओस महिना अनि बर्ष पनि
समय थोरै साथ छोटो अनि नभुलिने सम्झना तिम्रो
हरेक दिन को त्यही समय याद बनी आउछ सताउन
थोरै दिन लाई साथ थिएउ खुशी बनी आएको थिएउ
दिन बित्यो रात बित्यो महिना अनि बर्ष पनि बित्छ तर पनि तिम्रो माया अनि सम्झना ले सताउछ
समय सक्किए जस्तै घाउ पनि बिसो भइदिए समय बगे जस्तो याद पनि बगिदिए
अधेरो रात को गहिराइ मा एक्लै बस्दा कही कतै बाट तिम्रो आवाज आइदिए
अनी जब उज्यालो मा आखा खोल्दा यही मेरो साथ मा तिमी भइदिए
आशा को दियो सधै मन को खोपी मा बली नै रहनेछ अनि
तिम्रो सम्झना को लहर बगी नै रहेनेछ सधै आसु बनी
Touching ??? I can’t fell the way you felt but reading this I can imagine what you went through ……