बिहानै उठेर पोशाक लाउदै गर्दा मेरी सानी छोरी हात समाउदै थिइ
बाबा बाहिर जान हुन्न रे कोरोना आएको छ मैले सुनेको भन्दै थिइ
आखा भरी आसु आयो छोरी को कुरा सुनेर
अनि जब ऐना हेरे मेरो पोशाक ले जिम्मेवारी बोकेको थियो मैले मेरो देश देखे
छ परिवार मेरो पनि छ प्रिय मेरो पनि डर छ मलाई पनि कोरोनाको
तर जब मेरो देश लाई सम्झे अनि मेरो कर्तब्य ले मलाई आट दियो हो
मेरो हात मा पन्जा छैन मेरो मुख मा मास्क छैन र न मैले माग्न नै सक्छु
तर पनि जब कुरा देश को आउछ
म एउटा पुलिस, म स्वास्थ्यकर्मी, म पत्रकार भएर आफ्नो ज्यान दाउ मा लाउछु
खान्छु गाली केहि जनता को कुटाइ पनि खाएकै छु घाम पानी न कोरोना जनता को लागी ड्युटी गएकै छु
Recent Comments