थकाइ के हो थाहा हुन्न थाके भन्न पाउन्न पनि
घर को चुल्हा चौका सकी हतार हुन्छ काम मा जान अनि
बाल बच्चा को स्कुल होमवर्क गर्‍यो गरेन हेर्न भ्याउछौ
ड्रेस कता छ जुत्ता कहाँ मोजा अनि स्कुल ब्याग
उस्तै नै छ श्रीमान को पनि सबै ठीक्क पार्नै पर्‍यो
हतार हतार दुइ गास च्पायो कमाइ गर्न हिड्नै पर्‍यो
सासु ससुरा नन्द आमाजु देवर जेठाजु खुशी बनाइ
हिड्न पर्छ सधै भरी सबै जना को मन रिझाइ
महिना पछी तलब आउँदा जती आनन्द मन मा आउछ
उस्तै गरी बचन सुन्दा मन भरी  दुख नि छाउछ

सके सम्म सबै तिर मिलाउने गरेको नै हुन्छ
र पनि कहिले काही कटु बचन ले यो मन रुन्छ  
कहिले काही त यस्तो लाग्छ होस अब काम चाहिदैन
अनी फेरी सम्झान्छु म कुरा यहाँ आत्म  सम्मान को छ
लेउ भनेर माग्नु र लाउ भन्नु मा  फरक थाहा छ
हात तल पार्न जानिन कही कतै कहिले पनि
आफु खुशी हुन जरुरी छ सधै भरी यसै गरी 

0Shares
0Shares